बुटवल ,
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगरबाट एक महिलालाई मानव बेचबिखनको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ८ वर्ष पहिले ३ जना महिलालाई भारत हुँदै कुवेत लगेर बेचबिखन गरेको अभियोगपछि फरार रहेकी महिलालाई बुटवल प्रहरीले सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बुटवल–११ न्यु दुर्गानगर बस्ने ४६ वर्षीया बिष्णु माया शर्मा परियार रहेकी छन् । २०७४ सालदेखि हालसम्म फरार रहेकी परियारलाई हिजो सोमबार इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
मानव बेचबिखन कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ८ वर्ष पहिले ३ महिलालाई भारत हुँदै कुबेत लगेर बेच्न लागेको कसुरमा परियार विरुद्ध मुद्दा परेको थियो । मुद्दा परे लगत्तै फरार रहेकी उनलाई लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रकाउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, असार ३१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्