भोटेकोशी नदीमा अर्को भेलबाढी : सडक अवरुद्ध, स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारियो

भोटेकोशी नदीमा अर्को भेलबाढी : सडक अवरुद्ध, स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारियो

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएराति अर्को भेलबाढी आएको छ । भोटेकोशीमा जलसतह एक्कासि बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चीनतर्फ ठूलो पानी परेर बाढी आयो या अघिल्लो पटक जस्तो हिमनदी फुट्यो यकिन हुन सकेको छैन ।

 

भोटेकोशीको बाढीले रसुवागढी–स्याफ्रुबेशी सडक फेरि विच्छेद भएको छ । त्यस्तै केही पुल र क्याम्प पनि बगाएको जानकारी आएको छ । बाढी आउने बित्तिकै प्रहरी टोली परिचालन गरेर नदी तटिय क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ ।

 

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार मानवीय क्षति भएको अवस्था छैन । त्रिशूली नदी आसपासमा पनि सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

 

गएको असार २४ गते ल्हेन्दो खोलामा भेलबाढी आएको थियो । त्यतिबेला ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा सुप्राग्ल्यासियर ताल विस्फोट हुँदा भेलबाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो ।

 

त्यसबाट केरूङ नाकाको मितेरी पुल बगाउनुका साथै भन्सार यार्डमा रहेका गाडीहरू पुरेको थियो । त्यस्तै स्याफ्रुबेशीदेखि केरूङसम्म पुग्ने बाटो कटान गरेको थियो । मर्मत गरिएको यो सडक अहिले फेरि विच्छेद भएको छ ।

प्रकाशित मिति : बुधबार, साउन १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij