सिद्धबाबा नजिकै पहिरो, बुटवल–पाल्पा सडक अवरुद्ध

सिद्धबाबा नजिकै पहिरो, बुटवल–पाल्पा सडक अवरुद्ध

बुटवल- निरन्तर परेको वर्षाले बुटवल–पाल्पा सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा नजिकै पहिरो खसेपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार लगातारको वर्षासँगै पहाडबाट ढुंगा र माटो खस्दा सडक बन्द भएको हो। पहिरो खस्ने क्रम नरोकिएकाले सडक सुचारु गर्ने काममा समेत कठिनाइ भएको जनाइएको छ।

सडकमा ठूलो मात्रामा ढुंगा खसेकाले तत्काल खोल्न कठिन हुने अनुमान गरिएको छ। पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यकबाहेकका यात्राहरू स्थगित गर्न र यात्रा गर्नै परे अत्यन्त सावधानी अपनाउन ट्राफिक कार्यालयले आग्रह गरेको छ।

स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूको सहयोगमा पहिरो हटाउने प्रयास जारी रहेको छ। यस सडकखण्डमा बर्षा याममा पटक–पटक पहिरो खस्ने समस्या भइरहेकाले यात्रुहरूलाई सतर्क रहन अनुरोध गरिएको छ।

प्रकाशित मिति : मंगलबार, साउन २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij