काठमाण्डौ – पछिल्लो ६ घण्टामा देशका पश्चिमी भूभागमा भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकेमा १६० मिलिमिटर, दाङमा १५६ मिलिमिटर र बर्दियामा १४३ मिलिमिटर वर्षा मापन गरिएको छ। ती जिल्लाहरूमा अहिले पनि पानी परिरहेको छ।
भारी वर्षापछि दाङ र बाँकेको गंगदी, जलकुन्डी, कुसुम, सिक्टा क्षेत्र, खजुरा र बेलभर आसपास तथा बर्दियाको बबई र मानपुर आसपास बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
गएको राति मधेश प्रदेशसहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो। आज पनि कोशी र मधेश प्रदेशसहित धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको बताइएको छ।
महाशाखाले स्थानीय प्रशासन र सर्वसाधारणलाई बाढी र पहिरोको जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रकाशित मिति : मंगलबार, साउन २० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्