काठमाण्डाै – गएको वैशाखदेखि हिजो अर्थात् साउन मसान्तसम्म देशभर २ हजार ८ सय ५३ वटा विपद्का घटना भएका छन् ।
ती घटनामा परेर १ सय २६ जनाको ज्यान गएको छ । यस्तै २३ जना बेपत्ता भएका र ५ सय ८५ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
विपद्का घटनामा ५ हजार ४१ परिवार प्रभावित भएका छन् । ४ महिनाको अवधिमा बाढीका २ सय १६, पहिरोका ३ सय १७, अत्यधिक वर्षाका २ सय २१, चट्याङका २ सय ४५, सर्पदंशका ७७ वटा घटना भएका छन् ।
त्यसैगरी आगलागीका १ हजार १ सय १४, डढेलोका १ सय ५८, हुरीबतासका २ सय ७७, जनावर आक्रमणका १ सय ७२, लेक लागेको ४६, भूकम्पका ५, डुङ्गा पल्टेका २, असिना हुरी र अन्यका १/१ वटा विपद्का घटना भएका प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र १ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्