तिलोत्तमा, ‘बड्की आइतबार’ पर्वको अवसरमा रुपन्देहीका १४ वटा स्थानीय तह (पालिका) ले भदौ १५ गते आइतबार आज स्थानीय बिदा दिएका छन् । उक्त पर्वको अवसरमा सिद्धार्थनगर, सैनामैना, तिलोत्तमा, देवदह, लुम्बिनी साँस्कृतिक नगरपालिका, सियारी, शुद्धोदन, रोहिणी, गैडहवा, ओमसतिया, कोटहीमाई, मर्चवारी, सम्मरीमाई र मायादेवी गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् ।
थारु समुदायको महत्वपूर्ण पर्व बड्की आइतबारको अवसरमा आकस्मिक सेवा र बर्थिङ्ग सेन्टरबाहेक आइतबार गाउँपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु, स्वास्थ्य र शैक्षिक संस्थाहरुमा स्थानीय बिदा दिइएको हो ।
रुपन्देही जिल्लामा १६ वटा स्थानीय तहहरु छन् । आजै सूचना प्रकाशित गर्दै बुटवल उपमहानगरपालिकाले पनि मातहतका वडा कार्यालयहरु, स्वास्थ्य र शैक्षिक संस्थाहरुमा स्थानीय बिदा दिइएको जनाएको छ। उपमहानगरपालिकाले यस अघि भदौ ८ गते पनि बिदा दिएको थियो।
यसरी रुपन्देहीका १६ मध्ये १५ वटा स्थानीय तहले आज बिदा दिएका छन्।
प्रकाशित मिति : आइतबार, भाद्र १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्