फेसफुक सञ्चालक संस्था मेटाले माग्यो नेपालमा दर्ता प्रक्रियाको सूची

फेसफुक सञ्चालक संस्था मेटाले माग्यो नेपालमा दर्ता प्रक्रियाको सूची

 

काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटाले नेपाल सरकारले सूचीकृति नभएका सामाजिक सञ्जालहरुलाई बन्द गर्ने अन्तिम तयारीकै बेला सम्पर्कमा आएको छ । उसले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेका हुन् । विहिबार साँझ पौने ५ बजे मेटाका प्रतिनिधिले सञ्चारमन्त्रीका विज्ञ सल्लाहकारलाई इमेल गरेर दर्ता हुनका लागि आवश्यक कागजातको विवरण माग गरेको पराजुलीले बताए । सो लगत्तै सामाजिक सञ्जाल प्ल्याटफर्म दर्ता हुन आवश्यक पर्ने कागजातको विवरणबारे मेटालाई ईमेल पठाइएको उनले बताए ।

सरकारले क्रमशः लागू हुनेगरी सूचीकृत नभएका सामाजिक सञ्जालहरू चल्न रोक लगाउने निर्णय गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सञ्जाल चल्न रोक लगाउन पत्राचार समेत गरिसकेको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij