रास्वपा नेता सुमनाले पार्टी छाडेको घोषणा

रास्वपा नेता सुमनाले पार्टी छाडेको घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले रास्वपा छोडेको घोषणा गरेकी छन् । सामाजिक सञ्जालमा लामो पोष्ट गर्दै उनले रास्वपा छाडेको घोषणा गरेकी हुन् ।

उनले आफु बिरुद्ध खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको उल्लेख गर्दै मनलाग्दी चलुन्जेल मनलाग्दी गर्न पनि भनेकी छन् । ‘अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’ उनले सञ्जालमा लेखेकी छन् ।

उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको जनाउँदै आफूलाई यो स्वीकार्य नभएकोले पार्टी छोडेको जानकारी गराएकी छन् । ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ?’ उनले भनेकी छन् ।

रास्वपामा सबैभन्दा माथि नेतालाई राख्ने गरिएको उनको आरोप छ । ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ ।’ उनले भनेकी छन् ।

कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू सोच्न आग्रह गर्दै लेखेकी छन्, ‘आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो ।’

समानुपातिक कोटाबाट बाट सांसद बनेकी उनी प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्री भएकी थिइन् ।

प्रकाशित मिति : आइतबार, भाद्र २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij