काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहान प्रकाशित गरेको नतिजा अनुसार ८३ हजार पाँच सय ६४ जना परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएका छन् ।
यस्तै परीक्षामा सहभागी भएका एक लाख ४३ हजार दुई सय ५७ परीक्षार्थीमध्ये ५९ हजार ६ सय ९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएका बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो । एसईईको पूरक परीक्षा गएको साउन २९ देखि भदौ ६ गतेसम्म चलेको थियो ।
प्रकाशित मिति : शनिबार, असोज ११ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्