काठमाडौं , काठमाडौंको काष्ठमण्डप नजिकै बिहान करिब साढे ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौंकी डीएसपी पूर्णिमा चन्दका अनुसार काठमाडौं महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको २ तले घरको कपडाको गोदामबाट आगलागी सुरु भएको हो । आगो ९० प्रतिशत नियन्त्रणमा आयो, केही बाँकी छ । निभाउने कार्य भइरहेको छ, डीएसपी चन्दले बताउनुभएको छ ।
आगलागी भएका तीनवटा घर र मन्दिर आगोको चपेटामा परेका छन् । नेपाली सेना र काठमाडौं–भक्तपुरमा उपलब्ध अन्य ९ वटा दमकल र तीन वटा पानी ट्यांकीबाट आगो नियन्त्रणको प्रयास भइरहेको उहाँले बताउनु भयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी लगायतले आगो निभाइरहेका छन् । आगलागी कपडा गोदमाबाट सुरू भएको स्थानीयले बताएका छन् । तर आगलागीको कारण अहिलेसम्म एकिन हुन सकेको छैन ।
प्रकाशित मिति : सोमबार, असोज १३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्