काठमाण्डौ – जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशका १७ वटा जिल्लामा बाढीको मध्यम जोखिम चेतावनी जारी गरेको छ । ठूला नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीको बहाव उल्लेख्य मात्रामा बढ्ने सम्भावना रहेको भन्दै महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ ।
महाशाखाको सूचना अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ, काभ्रेपलाञ्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब पनि उल्लेख्य बढ्ने सम्भावना छ ।
महाशाखाले यी १७ जिल्लामा पहेँलो रंग अर्थात मध्यम जोखिमको चेतावनी जारी गरेको छ । १७ जिल्ला बाहेक ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, कास्की, तनहुँ, स्याङजा, म्याग्दी, बाग्लुङ, पर्वत, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, प्युठान, दाङ, बाँके, बर्दिया र आसपासमा पनि बाढीको जोखिम रहेको छ ।
प्रकाशित मिति : बिहिबार, असोज १६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्