बुटवल, कपिलवस्तुको वनकसवासामा धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।
ना ८ ख ५७०३ नम्बरको बस शनिवार बिहान करिब साढे ५ बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, असोज १८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्