रुपन्देहीमा झण्डै साढे १८ लाखको सामान बरामद

रुपन्देहीमा झण्डै साढे १८ लाखको सामान बरामद

भैरहवा, जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको टोलीले सोमबार झण्डै साढे १८ लाख बराबरको सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली, चोरी पैठारी गरी ल्याइएका अन्दाजी १८ लाख ४२ हजार मूल्य बराबरको सामानहरु नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सामानहरु आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया र राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ९डीएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।

डीएसपी कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरबाट ४२ हजार मूल्य बराबरको फाइबर सिरानी २१० पिस, ३ लाख मूल्य बराबरको ना २ ह ७१ र लुम्बिनी प्रदेश ०१–००१ ह १७७१ नम्बरको ई–रिक्सा २ थानसहित त्यसमा संलग्न सिद्धार्थनगर नगरपालिका–४ बस्ने ५३ वर्षिय अलउदिन चुरिहार र सिद्धार्थनगर–६ बस्ने ५५ वर्षिय मिहाज अहमदलाई नियन्त्रणमा लिइएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले भारतको दिल्ली बस्ने ४८ वर्षिय सोहेब आलम, सोही स्थान बस्ने ५६ वर्षिय पवन अली र ३८ वर्षिय साहिद मलिक मिली म्ी छ ऋल् ढण्ढठ नम्बरको भारतीय कारमा राखेर सामान ल्याउँदै गरेको अवस्थामा सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कबाट विभिन्न सामानहरु नियन्त्रणमा लिएको डीएसपी कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ७ लाख २० हजार मूल्य बराबरको म्भचmष् छ ऋचभबm २४५ प्याकेट, ग्लास किट १ हजार थान, पान पराग १४ प्याकेट र रजनीगंध २१० प्याकेट, ७ लाख ८० हजार मूल्य बराबरको गाडीसहित १५ लाख बराबरको सामान बरामद गरिएको बताउनुभयो ।सोहेब, पवन र साहिदको साथबाट भारतीय ६४ हजार र पाकिस्तानी १० हजार रुपैयाँ बरामद भएकोले उनीहरुलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : बुधबार, कार्तिक ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij