छठ पर्वको अवसरमा हिजो ‘नहाय खाय’ , आज खरना गर्दै ब्रतालुहरु

छठ पर्वको अवसरमा हिजो ‘नहाय खाय’ , आज खरना गर्दै ब्रतालुहरु

छठपर्वको दोस्रो दिन आज बर्तालुले ‘खरना’ विधि गर्दैछन् । कात्तिक शुक्ल चतुर्थी तिथिका दिन हिजो बेलुका ‘नहाय–खाय’ विधिबाट पर्व शुरू गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा जुटेका हुन् ।

बर्तालुले स्नान गरी दिनभर निराहार उपवास ९व्रत० बसेर राति सक्खरमा पकाइएको खिर देवता र छठी देवीलाई चढाउने र प्रसादस्वरुप खाने परम्परा छ ।

यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यस्तै, मुख्य दिन भोलि सोमवार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र बेलुका अस्ताउने सूर्यलाई अर्घ्य दिइन्छ । छठपर्वको अन्तिम दिन पर्सि मङ्गलवार विहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर यो पर्वको समापन हुन्छ ।

मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरू–गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावट गरिएको छ ।

केही वर्ष पहिलासम्म तराई–मधेशमा सिमित छठ पर्व अहिले काठमाण्डौ उपत्यकासहित पहाड र हिमालसम्म नै मनाउन थालिएको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij