चालू अर्थिक वर्षमा अन्तर्राष्ट्रिय व्यापार बढ्यो

चालू अर्थिक वर्षमा अन्तर्राष्ट्रिय व्यापार बढ्यो

काठमाण्डौ – चालू आर्थिक वर्षको पहिलो तीन महिनामा अन्तर्राष्ट्रिय व्यापार बढेको छ । भन्सार विभागले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात साउन, भदौ र असोजमा पाँच खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार भएको छ ।

जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको भन्दा २६.०४ प्रतिशतले धेरै हो । गएको आर्थिक वर्षको असोजसम्म ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको थियो । चाडपर्वको सिजन रहेको पहिलो त्रैमासमा यसवर्ष आयात र निर्यात दुबै बढेको छ । असोज मसान्तसम्म चार खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १९.७९ प्रतिशत बढी हो ।

यस्तै असोजसम्ममा अघिलो आर्थिक वर्षको भन्दा ८९.६४ प्रतिशतले बढेर ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको निर्यात व्यापार भएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको भन्सार विभागले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक १० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij