काठमाण्डौ – नेपालको घरेलु फुटबलको शिर्ष लिग आयोजना गर्ने विषयमा युवा तथा खेलकुद मन्त्रालयले सरोकारवाला पक्षसँग छलफल गरेको छ । नेपाली घरेलु फुटबलको सहिद स्मारक ‘ए’ डिभिजन लिग दुई वर्षदेखि रोकिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले ‘होम एन्ड अवे’ ढाँचामा आउँदो पुष ९ गतेदेखि शिर्ष डिभिजन लिग गर्ने प्रस्ताव गर्दै आएको छ । तर १४ वटा क्लबहरूमध्ये धेरैले समय अभाव हुने र आवश्यक प्रायोजक पनि नपाएकाले तत्काल लिग खेल्न नसकिने धारणा राख्दै आएका छन् ।
यसैले एन्फाले प्रस्ताव गरेको समयमा लिग नहुने भन्दै फुटबल समर्थकले चिन्ता व्यक्त गरिरहेका छन् । आज खेलकुद मन्त्रालयले एन्फा र क्लबहरूसँग लिग आयोजना गर्ने विषयमा छलफल गरेको हो ।
प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्