बुटवलका सरसफाइकर्मीहरूका लागि पेसागत स्वास्थ्य सुरक्षा सम्बन्धि तालिम तथा स्वास्थ्य सुरक्षा सामाग्री बितरण

बुटवलका सरसफाइकर्मीहरूका लागि पेसागत स्वास्थ्य सुरक्षा सम्बन्धि तालिम तथा स्वास्थ्य सुरक्षा सामाग्री बितरण

बुटवल

बुटवल उपमहानगरपालिकाकाे आयोजना र युएनडिपिकाे सहकार्यमा

बुटवलका सरसफाइकर्मीहरूका लागि एक दिने पेसागत स्वास्थ्य र सुरक्षा सम्बन्धि तालिम तथा स्वास्थ्य सुरक्षा सामग्री बितरण कार्यक्रम शुक्रबार बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उपमहानगरपालिकामा कार्यरत सरसफाइकर्मीहरूकाे पेसागत र स्वास्थ्य सुरक्षालाई मध्येनजर गरि त्यस सम्बन्धि तालिम तथा स्वास्थ्य सुरक्षा सामग्री बितरण गरिएको बताए ।

तालिममा सिकेका ज्ञान र सीपलाई ब्यवहारमा लागू गर्न आग्रह गर्दै नगर प्रमुख पाण्डेयले तालिमसँगै बितरण गरिएका सामाग्रीले बुटवलको सरसफाइमा थप सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

साे अवसरमा बुटवल उपमहानगरपालिकाकि उप प्रमुख सावित्रा देवी अर्याल,कल्पना सरकारलगायतले कार्यक्रमकाे उदेश्य र महत्व बारे प्रकास पारेका थिए ।

त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका कार्यरत ६० जना सरसफाइकर्मीहरूलाई स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरिएको उपमहानगरपालिकाकि सरसफाइ शाखा प्रमुख लक्ष्मी अर्यालले जानकारी दिइन् ।

तालिममा पुस्पराज भट्टराई र आस्था बि मल्लले प्लास्टिक फाेहाेरकाे चक्रिय ब्यवस्थापन सम्बन्धि तालिम तथा स्वास्थ्य सुरक्षा सामाग्रीकाे उपयोग बारे सहजिकरण गर्ने कार्यक्रम रहेको सरसफाइ शाखा प्रमुख अर्यालले बताइन् ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij