काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृ शोक

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृ शोक

काठमाडौ,काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको निधन भएको छ । मेयर बालेन शाहका बुवा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा शाहको आज मध्यान्ह निधन भएको थियो । उनी लामो समयदेखि मधुमेहका बिरामी थिए । पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित थिए ।

अस्पतालका अनुसार उनको आज मध्याह्न १२ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसअघि प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर भेटेकी थिइन् ।

बालेनलाई पितृशोक परेको खबरपछि सरकारका मन्त्री, नेता, समर्थकहरू अस्पतालदेखि आर्यघाटसम्म पुगेका थिए । त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पनि पशुपति आर्यघाटमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

अहिले अन्तिम संस्कारको काम भइरहेको छ ।

 

प्रकाशित मिति : सोमबार, मंसिर १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij