बाली अवशेष व्यवस्थापन सम्बन्धी दुई दिने बहुसरोकारवाला कार्यशाला लुम्बिनीमा सुरु

बाली अवशेष व्यवस्थापन सम्बन्धी दुई दिने बहुसरोकारवाला कार्यशाला लुम्बिनीमा सुरु

 

रुपन्देही
लैङ्गिक सामाजिक समावेशी बाली अवशेष व्यवस्थापन सम्बन्धी दुई दिने बहुसरोकारवाला कार्यशाला आजदेखि लुम्बिनीमा सुरु भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा सञ्चालित कार्यशाला बिहीबार र शुक्रवार दुई दिन सञ्चालन हुनेछ ।
कार्यक्रममा सहभागीलाई स्वागत गर्दै इसीमोडका कार्यक्रम व्यवस्थापक रवी साउथले भारत लगायतका देशहरूमा भएका सिकाइको अनुकरण गरेर बालीका अवशेषहरूलाई व्यवस्थापन गर्ने काम गर्नुपर्ने बताउनभयो । इसिमोडका लैङ्गिक तथा प्राकृतिक श्रोत विशेषज्ञ कमला गुरुङले लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही र कपिलवस्तुमा लैंंगिक र सामाजिक रूपमा उत्तरदायी कार्यक्रम सञ्चालन गरी बाली अवशेष व्यवस्थापन, विद्यमान नीति र नियमबारे संवाद गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । उहाँले किसानहरूलाई बाली अवशेष जलाउने कार्य कम गर्न किसान तथा व्यवसायिकहरुलाई व्यवसायिकरुपमा सशक्त गर्दै सचेतनाका कार्यक्रम गर्दै जाने बताउनुभयो कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।
राष्ट्रिय कृषक समूह महासंघ नेपालका राष्ट्रिय निर्देशक केदार कोइरालाले बाली अवशेष व्यवस्थापनका सन्दर्भमा नेपालका विद्यमान नीतिहरूको अपूर्णता र कानुनको अभावमा पराल, छ्वाली खोस्टा लगायतका बालीका अवशेषहरू खेतमै जलाउँदा वातावरण प्रदूषणका साथै खेती प्रणालीमै असर पारेकाले यस विषयमा सरोकारवालबिच छलफल आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दिनेश पन्थीले बाली अवशेष जलाउँदा पर्ने प्रभावका विषयमा वहुसरोकावालासंग मसिनो गरी छलफल गरेर आगामी बाटोको समेत तय गर्ने महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थालाई आभार व्यक्त गर्नुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका तीन जिल्लाहरू रुपन्देही कपिलवस्तु र नवलपरासीका किसान,स्थानीय सरकार,प्रदेश सरकार र यस सँग सरोकार राख्ने संस्थाका प्रतिनिधि सहभागी हुनुहुन्छ । यहाँहरू सबैले यान्त्रिक तथा प्रविधिको विकास सँगै बाली अवशेष जलाउँदा हुने वायु प्रदूषण र प्रभावका बारेमा जानकारी दिने र यसको व्यवस्थापनसम्मको निचोडलाई प्रदेश सरकारले अवलम्बन गर्नेछ । लुम्बिनी प्रदेश सरकारले एकीकृत कृषि व्यवस्थापन नीति निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको हुँदा यो विषयलाई नीतिगत रूपमा समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो ।
दुई दिन सम्म सञ्चालन हुने कार्यशालामा नेपालमा बाली अवशेष व्यवस्थापन नीति तथा अभ्यास, बाली अवशेष व्यवस्थापनमा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको भूमिका, लैङ्गिक समावेशी एवं सामाजिक उत्तरदायी बाली अवशेष, खुल्ला अवशेष जलन अभ्यास न्यूनीकरणमा बहुसरोकारवालाको भूमिका, बाली अवशेष उपयोगिताको महत्त्व लगायतका विषयमा विशेषज्ञको प्रस्तुति, प्यानल छलफल ,समूह कार्य गर्दै आगामी कार्य योजना तयार गरिने आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय राष्ट्रिय कृषक समूह लुम्बिनी प्रदेशका अध्यक्ष सर्बजित विष्टले बाली अवशेष जलाउने कामलाई कम गर्न सबै सरोकारवालाले आ–आफ्नो ठाउँबाट सहयोग र समन्वय गर्नु पर्ने बताउनुभयो । रामग्राम नगरपालिकाका प्रमुख धनपती यादवले निजी क्षेत्रलाई यसको व्यवस्थापनमा आउनको लागि आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बाली अवशेष व्यवस्थापन नीति, नियम र कानुन निर्माणमा प्रदेश सरकार गम्भीर भएर लाग्ने लुम्बिनी प्रदेश भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव अनिल मरासिनीले बताउनुभयो । यसै क्षेत्रका उद्यमी अनन्त खड्काले आफूहरूले गरिरहेको प्रयासलाई सहयोग पुराउन सरकार जिम्मेवार हुनुपर्ने बताउनु भयो । सीआईएनका प्रबन्धक दीपक आचार्यले नेपालका मुलप्रबाहका सञ्चार माध्यमले बाली अवशेष व्यवस्थापनका सवालहरूलाई जति प्राथमिकताका साथ उठाउनु पर्ने हो त्यो उठाउन नसकेकोले यस विषयमा सञ्चारकर्मीको क्षमता विकास गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय सञ्चार माध्यम र सामुदायिक रेडियोले सचेतना फैलाउने काम सुरु गरेको बताउदैं वायुप्रदुषको मुख्य कारणको रूपमा रहेको बाली अवशेष जलाउने र वनजंगलको डढेलो नियन्त्रण गर्ने कार्यका लागि अभियान नै आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, मंसिर १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij