तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान

तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान

बुटवल ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरूसिङ्गे–चन्द्रौटा सडक ४ लेनमा विस्तार हुँदै गर्दा तिनाउ नदीमा बन्ने सिग्नेचर पुलका लागि बोलपत्र (टेन्डर) आह्वान गरिएको छ। हाल रहेको ‘तिनाउ पुल’ जीर्ण बन्दै गएको र सवारीचाप अत्यधिक बढिरहेको कारण नयाँ पुल निर्माणका लागि शुक्रबारबाट टेन्डर प्रक्रिया सुरु भएको हो।

यसअघि बुटवल–चन्द्रौटा खण्ड विस्तारपछि पुरानो पुलले सवारी भार थेग्न नसक्ने भएकाले करिब चार वर्षअघि नै सिग्नेचर ब्रिज निर्माण तयारी थालिएको थियो।

सिग्नेचर पुल निर्माण कार्यसँगै पुल परिसरको पर्यटकीय सम्भावना बढाउने उद्देश्य राखिएको छ। पुल नजिकै रहेका जितगढी किल्ला, कृष्ण मन्दिर र मस्जिदलाई समेटेर करिब ३०० मिटर क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने योजना रहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ। पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको अवधारणा अनुसार तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण प्रक्रिया अघि बढाइएको हो।

के हो सिग्नेचर ब्रिज?

सिग्नेचर ब्रिज आधुनिक डिजाइनको आकर्षक पुल हो, जसलाई विशेष भौगोलिक–पर्यटकीय सम्भावना भएको स्थानमा मात्र निर्माण गरिन्छ। विश्वका इरासमस ब्रिज, रोटरडाम ब्रिज, लन्डनको मिलेनियम ब्रिज, अल्मिलिया ब्रिज आदि चर्चित सिग्नेचर ब्रिजका उदाहरण हुन्।

 

बुटवल उपमहानगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर गौतम रौनियारका अनुसार, “सिग्नेचर ब्रिज जहाँतहीँ बनाइने संरचना होइन। निश्चित अवस्थाका स्थानमा मात्र उपयुक्त हुन्छ।”

 

भारतको यमुना नदीमा बनाइएको वाजिराबाद–पूर्वी दिल्ली जोड्ने पुल भारतको पहिलो सिग्नेचर ब्रिज मानिन्छ। सिग्नेचर ब्रिज सामान्यतया सिमेट्रिकल डिजाइनमा बनाइन्छ जसले सम्पूर्ण भार सन्तुलित रूपमा थामिन्छ। पछिल्लो समय एसिमेट्रिकल डिजाइनमा पनि यस्ता पुल निर्माण गर्ने सिग्नेचर पुल निर्माणमा बाक्लो, उच्च गुणस्तरीय स्टिल र उच्चस्तरको कङ्क्रिट प्रयोग गरिन्छ। पाइलोन र डेक यस्ता पुलका मुख्य संरचनात्मक कम्पोनेन्ट हुन्। यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन, भू–अध्ययन, माटो परीक्षण जस्ता प्रक्रिया अत्यावश्यकीय हुन्छन्। निर्माणको क्रममा विशाल क्षमताका क्रेन आवश्यक पर्छन्।

नेपालमा अहिलेसम्म परम्परागत शैलीका पुलहरू बढी बन्ने गरेकोमा, तिनाउमा बन्ने यो सिग्नेचर पुल पर्यटन प्रवर्द्धनका दृष्टिले समेत नयाँ आकर्षण बन्ने बताइन्छ।

प्रकाशित मिति : शनिबार, मंसिर २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij