तिलोत्तमा मेलामा नमूना लण्डन ब्रिजको आकर्षण

तिलोत्तमा मेलामा नमूना लण्डन ब्रिजको आकर्षण

रुपन्देही, रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ को गेटमा निर्माण गरिएको नमूना लण्डन ब्रिजमा दर्शकको आकर्षण बढेको छ ।

लण्डन शहरको टेम्स नदीमाथि बनाइएको ऐतिहासिक पुल (लण्डन बिज्र) को नमूना बनाइएको उक्त गेटमा दर्शकहरुले टिकटक बनाउने तथा फोटो खिच्ने गरेका छन् । लण्डनमा पर्यटकको एक महत्वपूर्ण गन्तब्य रहकोे लण्डान ब्रिजको आकृतिले महोत्सवमा आउने दर्शकहरुलाई आकर्षित गरेको मेला मूल आयोजक समितिका संयोजक तथा आयोजक तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले बताउनुभयो ।

महोत्सव स्थलको लण्डन ब्रिजमा टिकटक बनाउदै गर्नुभएका तिलोत्तमाका स्थानीय मुना नेपालले भन्नुभयो, ‘मेला हेर्नमा भन्दा पनि टिकटक बनाउन लण्डन ब्रिजमा आएका हौं, निकै रमाईलो लागेको छ ।’

त्यस्तै होत्सव स्थलमा निर्माण गरिएका कश्मिर भ्याली, जलपरी, फ्रान्सको आईफिल टावर, वाल उद्दान लगायतका संरचनाले दर्शकको ध्यान तान्ने गरेको छ । महोत्सको दैनिक पाँच हजार दर्शकले अवलोकन गर्ने गरेको जीएमले उल्लेख गर्नुभयो ।

महोत्सव स्वदेशी उत्पादनलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन र प्रचारप्रसार गर्न उपयुक्त अवसर सुजना गरेको र साना ठूला सबै उद्योगी ब्यवसायीले यसको सदुपयोग गर्नुपर्ने आयोजकको भनाई छ ।

मंसिर १५ गतेबाट शुरु भएको महोत्सव पुस १ गतेसम्म चल्नेछ । मेलामा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन दिने गरेको सांस्कृतिक कार्यक्रम संयोजक युवराज पराजुलीले बताउनुभयो ।

मेला सफल पार्न तिलोत्तमाका सबै संघ संस्था, राजनीतिक दल तथा सबै सरोकारवालाको सहयोग रहेको पराजुलीले बताउनुभयो । मेला सहआयोजकमा तिलोत्तमा नगरपालिका, तिलोत्तमा उद्योग बाणिज्य संघ र तिलोत्तमा ब्यापार संघ रहेका छन् ।

महोत्सवमा तीन सय स्टलहरु सहभागी गराइएको छ । महोत्सवमा आधुनिक प्रविधिबाट गरिने कृषि, पर्यटन, गार्मेन्ट, महिलाका उद्यमीका उत्पादन लगायत समाग्री समेटिएका स्टलहरु सहभागी गराइएको छ ।

त्यस्तै महोत्सवमा विभिन्न खेल प्रतियोगिता, नृत्य प्रतियोगिताहरु जारी रहेका छन् । सोमबार कलाकारहरु रबि रिमाल, जमुना राना, बसन्त लम्साल, जिया भूसाल, दुर्गा गुरुङ तथा सोनी डान्स ग्रुप र गोेल्डेन स्टार केला केन्द्रको प्रस्तुति रहेका थिए ।

मंगलबार कलाकारहरु सिर्जना खत्री, लक्ष्मी बस्नेत, दामोदर बस्याल लगायतको प्रस्तुति रहने छ ।

प्रकाशित मिति : सोमबार, मंसिर २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij