डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा २२ यात्रु घाइते

डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा २२ यात्रु घाइते

काठमाडौं , डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।

ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको हो । सो बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट तल खसेको छ ।

दुर्घटनास्थलबाट २२ जना घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाइएको वडा प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रोशनराज पाण्डेले जानकारी दिए । बसमा ३८ जना सवार थिए ।

प्रकाशित मिति : बिहिबार, मंसिर २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij