अस्ट्रेलियाको समुद्री तटमा गोली चल्दा कम्तीमा १२ जनाको ज्यान गयाे

अस्ट्रेलियाको समुद्री तटमा गोली चल्दा कम्तीमा १२ जनाको ज्यान गयाे

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नीमा बोन्डी बिच (समुद्री तट) मा भएको गोली चल्दा कम्तीमा १२ जनाको ज्यान गएको छ । गोलीकाण्डमा अन्य २९ जनालाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अस्ट्रेलिया प्रहरीले एक जना आक्रमणकारीको पनि ज्यान गएको बताएको छ । न्यु साउथ वेल्सका प्रहरी प्रमुख क्रिस मिन्सका अनुसार अर्का एक जना आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँले यो आक्रमण सिड्नीको यहुदी समुदायमाथि लक्षित गरेको भएको बताउनुभएको छ ।

प्रहरीले यो गोलीकाण्डलाई आतङ्कवादी आक्रमणका रूपमा सूचीकृत गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले समुद्री तटमा भएको आक्रमणलाई स्तब्ध तुल्याउने र पीडादायी भन्नुभएको छ ।

समुद्री किनारमा कार्यक्रम भइरहेको समयमा गोली चलेको खबरमा उल्लेख छ । यद्दपि प्रहरीले कार्यक्रमसँग आक्रमण सम्बन्धित रहे या नरहेको प्रस्ट नरहेको जनाएको छ ।

 

यस्तै यसअघि अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोली आक्रमणमा दुई जना विद्यार्थीको ज्यान गएको थियो

प्रकाशित मिति : आइतबार, मंसिर २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij