पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा रहेको निर्माणाधीन सुरुङ मार्ग निर्माणको ६५ प्रतिशत काम सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । १ हजार १ सय २६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ ।
१ सय ५१, १ सय ६१ र १ सय ३० मिटर लम्बाइ भएका तीन वटा बाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाल लगायतका संरचना निर्माणाधीन छन् । समग्रमा २ हजार ३ सय ९८ मिटर सडक स्तरोन्नति गर्नुपर्नेछ ।
पहिरो तथा ढुंगा झर्नबाट रोकेर अहिले चालू रहेको सडकलाई सुरक्षित बनाउन ७ सय ८० मिटर लम्बाइ, ३ दशलव ४३ मिटर चौडाइ र ४ दशमलव ४ मिटर उचाई भएको रक सेड निर्माण बाँकी छ । मुख्य सुरुङबाट गाडी चलाउन शुरू भएपछि मात्र रक सेड निर्माण थालिने छ ।
इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडलमा सुरुङ मार्ग निर्माणका लागि २०७८ फागुन २५ मा चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
सिद्धबाबा क्षेत्रमा वर्षायाम र हिउँदमा समेत ढुंगा खस्ने, माटो बगेर आउने तथा सुख्खा पहिरो जाने कारणले थुप्रै दुर्घटना भएर मानवीय क्षति हुँदै आएको छ । वर्षा याममा समस्या झन् विकराल बन्ने गरेको र यसले गर्दा घण्टौं सम्म ट्राफिक अवरोध हुने गरेको छ ।
प्रकाशित मिति : सोमबार, पुष ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्