प्रधानमन्त्री र तीन दलका प्रमुख नेताबीच चुनाव सफल बनाउने समझदारी

प्रधानमन्त्री र तीन दलका प्रमुख नेताबीच चुनाव सफल बनाउने समझदारी

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की र तीन दलका शीर्ष नेताहरूबीच फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल बनाउने समझदारी बनेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको छलफलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच निर्वाचनकेन्द्रित छलफल भएको हो ।

प्रधानमन्त्री कार्की र तीन दलका प्रमुख नेताबीच पहिलो पटक कुराकानी भएको हो । मंगलबारको छलफलमा सरकार र तीन दलबीच चुनाव सफल बनाउने समझदारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले दाबी गरे ।

पोखरेलका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ ।

‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले भने ।

प्रकाशित मिति : मंगलबार, पुष ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij