काठमाण्डौ – नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाप्रति आभार व्यक्त गरेको छ । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले लामो समयसम्म पार्टीको नेतृत्व गरेकोमा देउवाप्रति आभार व्यक्त गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।
यस्तै बैठकले पार्टीमा निष्क्रिय रहेका र विभिन्न कारणले पार्टी छाडेकाहरूलाई फर्कन आह्वान गरेको छ । त्यस्तै, आउँदो फागुन २१ गतेको चुनावमा सक्रिय हुन पार्टी पंक्तिलाई अपिल गर्ने निर्णय पनि गरेको प्रवक्ता चालिसेले बताउनुभयो । उहाँले निर्वाचन आयोगले काँग्रेसको विधान र संविधानअनुसार नै आधिकारिकता प्रदान गरेकोले मुद्दामामिला नलाग्न अर्को पक्षलाई आग्रह पनि गर्नुभयो ।
शेरबहादुर देउवा पक्षका नेताहरुले आजनै बैठक बसेर आयोगको निर्णय विरुद्धमा सर्वोच्च जाने निर्णय गरेका थिए ।
प्रकाशित मिति : शनिबार, माघ ३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्