नेपाली कांग्रेसमा विवाद मिलाउन देउवा पक्ष तयार

नेपाली कांग्रेसमा विवाद मिलाउन देउवा पक्ष तयार

काठमाण्डाै – पार्टी आधिकारिकतासम्बन्धी विवादमा रहेका नेपाली कांग्रेसका दुई पक्ष सहमति नजिक पुगेका नेताहरूले बताएका छन् । विवाद सर्वोच्च अदालतमा पुगे पनि रुख चिह्न लिएर सँगै चुनावमा सहभागी हुनेबारे छलफल भइहेको र सहमति नजिक पुगेको हो ।

 

निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष विवाद मिलाउन तयार भएपछि छलफल भइरहेको र बेलुकासम्म सहमति गरेर साझा उम्मेदवार चयन गर्ने नेताहरूको भनाइ छ ।

 

निर्वाचन आयोगले अघिल्लो हप्ता कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिँदै सभापति गगन थापालाई चुनाव चिह्न रुख दिने निर्णय गरेको थियो । आयाेगकाे याे निर्णयविरुद्ध देउवा पक्षले हिजो सर्वोच्च अदालतमा रिट दायर गरेको छ । वार्तामा थापा समूहले रिट निवेदन फिर्ता लिन माग गरेको छ । देउवा पक्षले प्रत्यक्ष प्रणालीअन्तर्गत १ सय ६५ निर्वाचन क्षेत्रका उम्मेदवारमध्ये ५० प्रतिशत हिस्सेदारी आफूलाई दिइनुपर्ने माग गरेको नेताहरूले बताएका छन् ।

 

सहमति कायम गर्नका लागि देउवा र थापासँगै शेखर कोइराला पक्षबीच छलफल भइरहेको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताउनुभयो । उहाँले पार्टीभित्रको सङ्घर्षको असर टिकट वितरणमा नपर्ने र आफूहरू सहमति नजिक रहेको बताउनुभयो ।

 

फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा चुनावअन्तर्गत दलहरूले भोलि आफ्ना उम्मेदवारहरू मनोनयन गर्ने कार्यपालिका रहेको छ । आयोगले गए रातिदेखि लागू हुने गरि आचारसंहिता पनि कार्यान्वयनमा ल्याएको छ

प्रकाशित मिति : सोमबार, माघ ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij