चन्द्र भण्डारी गुल्मी-१ बाट चुनाव लड्ने, यी हुन् काँग्रेसले अहिलेसम्म टुंगाएका उम्मेदवार

चन्द्र भण्डारी गुल्मी-१ बाट चुनाव लड्ने, यी हुन् काँग्रेसले अहिलेसम्म टुंगाएका उम्मेदवार

 

काठमाडौं । नेपाली काँग्रेसले पनि धमाधम टिकट वितरण टुंगाउन लागिरहेको छ । सभापति गगनकुमार थापाको नेतृत्वमा बसेको संसदीय बोर्डको बैठकले हिमाली र पहाडी जिल्लामा टिकट वितरण गरिसकेको छ ।

जस अनुसार काँग्रेसले हुम्लामा जयपति रोकाया, मुगुमा खड्ग बहादुर शाही, जुम्लामा दीप बहादुर शाही, डोल्पामा कर्ण बहादुर बुढा, कालिकोटमा हर्ष बम, दैलेख-१ मा बासना थापा, दैलेख-२ मा दिक्पाल शाही, सल्यानमा केश बहादुर विष्ट, बाजुरामा जनक गिरी, पूर्वी रूकुममा कुसुम थापा मगर, रोल्पामा डा. सुधन कुमार ओलीलाई उम्मेदवार बनाएको छ ।

 

त्यस्तै काँग्रेस प्युठानमा डा. गोविन्दराज पोखरेल, ताप्लेजुङमा गजेन्द्र तुम्येहाङ, पाँचथरमा नरेन्द्र केरूङ, बैतडीमा चतुर बहादु चन्द, तेह्रथुममा सन्तोष सुब्बा र धनकुटामा दिनेश राईलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै काँग्रेसले गोरखा-१ मा प्रेम कुमार खत्री र गोरखा-२ मा प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाएको छ ।

 

काँग्रेसले उदयपुर- १ मा विदुर बस्नेत र २ मा रामकुमार राईलाई उम्मेदवार बनाएको छ भने ओखलढुङ्गामा रामहरि खतिवडा, मोरङ-३ मा सुनिल शर्मा, सुनसरी-४ मा ज्ञानेन्द्रबहादुर कार्की र सुनसरी- २ मा राजीव कोइरालालाई उम्मेदवार बनाएको छ ।

 

त्यसैगरी काँग्रेसले गुल्मी-१ मा चन्द्र भण्डारी र गुल्मी-२ मा भुवन श्रेष्ठलाई उम्मेदवार चयन गरेको छ ।

प्रकाशित मिति : सोमबार, माघ ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij