माधव नेपालविरुद्धको उजुरी दरपिठ

माधव नेपालविरुद्धको उजुरी दरपिठ

रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध उजुरी दरपिठ भएको छ । रौतहट-१ बाट प्रतिनिधिसभाका उम्मेदवार राम नरेश यादवले दायर गरेको उजुरी निर्वाचन अधिकृतको कार्यालय गौरले दरपिठ गरेको हो ।

जुरीमा नेपालविरुद्ध पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको र भ्रष्टाचार मुद्दा दायर भइ निलम्बित अवस्थामा रहेका व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम निर्वाचन लड्न अयोग्य हुने भएको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गरिएको थियो । सो मुद्धामा नेपाल हाल विशेष अदालतको धरौटीमा बाहिर रहेका छन् । उनी गत असारमा ३५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

प्रकाशित मिति : बिहिबार, माघ ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij