काठमाडौं । आज ४४औँ मगर एकता दिवस मगर समुदायले देशैभरि विविध कार्यक्रम गरी दिवस मनाउँदै छन्
मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघ स्थापनाका अवसरमा मगर समुदायले प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएका छन्
विशेष गरी मगर बाहुल्य क्षेत्रमा विभिन्न कार्यक्रमहरू गरी दिवस मनाउने गरिन्छ ।
मगर समुदायले जातीय मौलिकतालाई जीवन्त राख्न प्रयत्न गरेको दिन भएकाले सार्वजनिक बिदा दिन सरकारसँग माग समेत गरेका छन् । नेपाल मगर संघले देशका ४३ वटा स्थानीय सरकारले आज सार्वजनिक बिदा दिएको जानकारी दिएको छ ।
२०३९ साल फागुन १५ गते तनहुँ जिल्लाको दमौलीमा देशैभरिका मगरहरु सहभागी भई प्रथम राष्ट्रिय सम्मेलनमार्फत नेपाल मगर संघ स्थापना गरेको दिनलाई मगर समुदायले मगर एकता दिवसको रुपमा मनाउदै आएका छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसंख्या ६.९ प्रतिशत अर्थात् २० लाख १३ हजार ४९८ रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्