विभिन्न पार्टी परित्याग गरि १ हजार ३१ जना काँग्रेसमा प्रवेश

विभिन्न पार्टी परित्याग गरि १ हजार ३१ जना काँग्रेसमा प्रवेश

बुटवल

विभिन्न पार्टी परित्याग गरेर बुटवलमा १ हजार ३१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार बुटवलमा आयोजित नेपाली काँग्रेसको चुनावी सभामा पूर्वप्रहरी संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेकपाका प्रदेश सल्लाहकार हरिहर भट्टराई, पूर्व डिएसपि सुवास गैरे, राप्रपाका पूर्व केन्द्रीय सदस्य विष्णुबहादुर कार्की, रास्वपाका गोपाल थापा, एमालेकी कल्पना नेपाल, तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनीधि बुटवल उपमहानगरपालिका वडा नं. ४ की वडा सदस्य पुनम थापा क्षेत्रीसहित विभिन्न पार्टी परित्याग गरेर र केही स्वतन्त्र रुपमा रहेका समेत गरी १ हजार ३१ जना नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का सभापति प्रजापाल गिरीले जानकारी दिए ।

 

उनीहरुलाई नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसाल, नेता बालकृष्ण खाण, नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, रुपन्देही २ का काँग्रेस उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेल लगायतले टिका र खादा माला सहित पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश गरेका उनीहरुले देश विकास र समृद्धिको लागि नेपाली काँग्रेसको विकल्प नदेखेर नेपाली काँग्रेसमा समाहित भएको बताएका छन् ।

 

बुटवल ११ देविनगर स्थित लुम्बिनी बाणिज्य क्याम्पस परिषरमा रहेको खुला खेल मैदानमा आयोजना गरिएको चुनावी सभामा नेपाली

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij