गणना नसकिदै ढल्याे ओली विरासत, बालेनकाे जित सुनिश्चत

गणना नसकिदै ढल्याे ओली विरासत, बालेनकाे जित सुनिश्चत

काठमाडाें । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका उमेद्वार बालेन साहकाे विजय सुनिस्चित भएकाे छ ।  गणना गर्न बाँकी मतभन्दा मतान्तर नै धेरै भएपछि उनी औपचारिक घोषणाअघि नै विजयी भएका छन्।
कुल १ लाख ६ हजार ३७२ मत खसेको यस क्षेत्रमा  गन्न बाँकी मत २४ हजार २५४ मात्रै  रहेकाे छ।
चुनावी अंकगणित अनुसार मतान्तर नै बाँकी मतभन्दा १३ हजार ८११ ले बढी भइसकेकाले औपचारिक नतिजाअघि नै बालेनको ऐतिहासिक विजय सुनिश्चित भएको हो।
बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ३८ हजार ६५ मतान्तरले पछाडि पारिसकेका छन्।  अब बाकसमा बाँकी रहेका सबै २४ हजार २५४ मत ओलीकै पक्षमा खसे पनि बालेनको जितलाई रोक्न गणितीय रूपमा असम्भव छ।
पछिल्लो चुनावी हिसाब
निर्वाचन अधिकृतको कार्यालयले शनिबार मध्याह्न सार्वजनिक गरेको ८२ हजार ११८ मतको गणनाअनुसार बालेन शाहले ५२ हजार ९६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले अध्यक्ष ओलीले १४ हजार ३१ मत मात्र पाएका छन्। बालेन र ओलीबीचको यो ३८ हजार ६५ को मतान्तर अब गणना हुन बाँकी रहेको २४ हजार २५४ मतभन्दा निकै धेरै हो।
पञ्चायतकालदेखि केपी ओलीको अविजित वर्चस्व रहेको यो क्षेत्रमा रास्वपाको जितले नेपाली राजनीतिमा एउटा शक्तिशाली परम्परागत विरासत ढलेको संकेत गरेको छ।
बाँकी मत गणना सकेर शनिबार साँझसम्म निर्वाचन कार्यालयले विजयको औपचारिक घोषणा गर्न सम्भावना छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij