राहदानी वितरण केही साता बन्द हुने

राहदानी वितरण केही साता बन्द हुने

created by photogrid

काठमाडौं । राहदानी विभागले राहदानी वितरण केही दिन बन्द हुनसक्ने जनाएको छ ।

पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा सेवा अवरुद्ध हुनसक्ने विभागले सूचनामार्फत् जानकारी गराएको हो । जिल्ला एवं इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुने सूचनामा उल्लेख छ ।

राहदानी विभागबाट प्रदान गरिने सेवा भने एक हप्तासम्म अवरुद्ध हुनसक्ने सूचनामा उल्लेख छ ।

नयाँ प्रणाली जडान एवं कार्यान्वयन भएपछि प्रण्णाली स्थिरीकरण हुन एकदेखि तीन महिनासम्म लाग्ने विभागको भनाइ छ । उक्त अन्तरिम अवधिमा जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन अहिलेको भन्दा बढी समय लाग्ने बताइएको छ ।

आगामी ६ महिनासम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीले अन्तरिम अवस्था सुरू हुनुअघि नै सम्बन्धित निकायबाट सेवा लिन आग्रह गरिएको छ

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij