चैत्र ७ देखि भैरहवा प्रथम बटौली कप क्रिकेट, भारतका टीम पनि सहभागी हुने

चैत्र ७ देखि भैरहवा प्रथम बटौली कप क्रिकेट, भारतका टीम पनि सहभागी हुने

भैरहवा, चैत्र ७ देखि भैरहवामा ‘प्रथम बटौली कप–२०८२ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा प्रतियोगिता हुन लागेको हो । आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन् ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा चैत्र १४ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देही र भारतका गरी १६ टीम सहभागी हुनेछन् । प्रतियोगिताभर कुल १५ खेल हुने र भारतबाट दुई टिमले सहभागिता जनाउने रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष समेत रहेका पृथ्वीनारायण शाह स्पोर्टसका संयोजक निरजपैताप खाँणले जानकारी दिए ।

आयोजकका अनुसार प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेताले नगद २५ हजारसहित मेडल, म्यान अफ द सिरिजले ट्रफी र १० हजार, बेष्ट बलर र ब्याटरले ट्रफी र जनही ५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख रुपैयाँ खर्च लाग्ने खाँणले बताए ।

प्रतियोगितामा एमएसएमटी सी.ए. नौतनवा, भारत, न्यु होराइजन क्रिकेट क्लब, लुम्बिनी शाक्यन क्रिकेट क्लब, रेस्पोन्स टीम लुम्बिनी, नेपथ्य तिलोत्तमा एकेडेमी, बुटवल–११ क्रिकेट क्लब, बुटवल गोलपार्क क्रिकेट क्लब, स्टार क्रिकेट एकेडेमी, खुकुरी क्रिकेट क्लब, जे.आर. क्रिकेट एकेडेमी, पाल्पा–११, मास्टर्स–११, बुद्ध क्रिकेट ६ स्पोर्टिङ क्लब, तिरुपति क्रिकेट क्लब, बुटवल युथ र जेएन स्पोर्टस गोरखपुर भारत गरी १६ टीम सहभागी हुने छन् ।

प्रकाशित मिति : बिहिबार, चैत्र ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij