नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं , नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

बैठकमा सभापति गगन थापाको राजीनामा लगायत पछिल्लो राजनीतिक अवस्था र निर्वाचनमा भएको पराजयको बारेमा छलफल हुने कांग्रेसले बताएको छ।

उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने संकेत दिएका छन्। निर्वाचनमा पार्टीले व्यहोरेको हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले बुधबार शर्मालाई राजीनामा बुझाएका थिए।

सभापतिले राजीनामा उपसभापतिलाई बुझाउनुपर्ने र उपसभापतिले केन्द्रीय कार्यसमिति बैठकमा त्यसलाई प्रस्तुत गर्नुपर्ने व्यवस्था पार्टी विधानमा छ।

बैठकको प्रारम्भमा नै सभापति थापाको राजीनामा पत्रमाथि छलफल गरेर टुंगोमा पुगिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।

बैठकमा उपसभापति शर्माले निर्वाचनको प्रारम्भिक समीक्षा, सभापतिको राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव एकसाथ पेस गर्ने तयारी छ।

प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij