गुल्मी , गुल्मीका विभिन्न ठाउँमा हिजो परेको चट्याङ्गले लागेर ६ जना घाइते भएका छन् ।
मालिका गाउँपालिका–२ दर्लिङमा ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो । घाइतेको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ ।
हिजो नै मालिका गाउँपालिका–३ ह्वाङ्दीमा परेको चट्याङ्गले लागेर ६४ वर्षीय नारायण थापासहित उहाँका नातिनीहरू ३ वर्षीया आस्मा गिरी र ६ वर्षीया आशिका गिरी सामान्य घाइते भएको सूचना अधिकारी सारुले जानकारी दिनुभयो ।
प्रकाशित मिति : शनिबार, चैत्र ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्