कपिलवस्तुमा सर्बदलीय बैठक बस्दै, महाराजगञ्जमा निषेधाज्ञा कायमै

कपिलवस्तुमा सर्बदलीय बैठक बस्दै, महाराजगञ्जमा निषेधाज्ञा कायमै

बुटवल । कपिलवस्तुको महाराजगञ्जमा देखिएको दुई समुदायबीचको विवाद बारे थप निर्णय लिने सर्बदलीय बैठक बस्दैछ

जिल्ला प्रशासन कार्यलय, कपिलवस्तुका अनुसार बैठकले शनिबारदेखि लगाइएको निषेधाज्ञाबारे थप निर्णय लिन आज बिहान सर्वदलीय बैठक बस्न लागेको हो । जिल्ला प्रशासनले शनिबार दिउँसो २ बजेदेखि लागू गरिएको निषेधाज्ञा अहिले पनि कायमै नै रहेको छ

महाराजगञ्ज नगरपालिकाको वडा नम्बर २ र ३ को सीमाक्षेत्रमा ईद र नवरात्र पर्व मनाउने क्रममा उत्पन्न भएको विवाद चर्किँदै गएपछि प्रशासनले शनिबार दिउसोदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको थियो  ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सूचनाअनुसार महाराजगञ्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ ।

घटना नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । महाराजगन्ज नगरपालिकामा निषेधाज्ञाकाबीच भएको घटनामा ५ जना प्रदर्शनकारी र २ जना प्रहरी घाइते भएका छन् । प्रशासनले ठुलो घटना हुन नदिन बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।

प्रकाशित मिति : आइतबार, चैत्र ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij