काठमाण्डौ – प्रतिनिधिसभा चुनावबाट झण्डै दुई तिहाई मत ल्याएको संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरु सरकार गठनको गृहकार्यमा जुटेका छन् ।
सांसदहरुले शपथ लिएको भोलिपल्ट अर्थात आउँदो १३ गते शुक्रबार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथ लिने यसअघि नै तय भइसकेको छ । त्यही दिन अरु केही मन्त्रीको पनि शपथ गराउने तयारीमा रास्वपाका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । मन्त्रीहरुको सूची बनाउन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाह निरन्तर छलफलमा जुटेका नेताहरुले बताएका छन् । रास्वपाले मन्त्रालयको संख्या पनि घटाउने तयारी गरेको छ ।
यसैबीच रास्वपाले संसदीय दलको नेताको सम्बन्धमा छलफल गर्नका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । पर्सि १२ गते दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाइएको हो । रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्दैछ । शाहलाई नै प्रधानमन्त्री बनाउनेबारे रास्वपाले यसअघि नै घोषणा गरिसकेको छ ।
प्रकाशित मिति : मंगलबार, चैत्र १० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्