रुपन्देही उद्योग संघमा प्लाष्टिक वस्तुगत समिति गठन    

रुपन्देही उद्योग संघमा प्लाष्टिक वस्तुगत समिति गठन    

संयोजकमा केशरमणी पौडेल चयन

बुटवल,  रुपन्देही उद्योग संघमा आवद्ध प्लाष्टिक उद्योगीहरुको भेलाले मंगलबार प्लाष्टिक वस्तुगत समिति गठन गरेको छ । संघका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि बहादुर खत्रीको अध्यक्षता एवं संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको प्रमुख आतिथ्यता, संघका पदाधिकारी तथा कार्य समिति सदस्यहरु एवं प्लाष्टिक उद्योगीहरुको उपस्थितीमा भेला सम्पन्न भएको होे । प्लाष्टिक उद्योगीहरुको भेलाबाट फाइभ स्टार म्याट उद्योगका संचालक केशरमणी पौडेलकोे संयोजकत्वमा ७. सदस्यीय वस्तुगत समिति गठन गरिएको छ । गठित समितिको सह–संयोजकमा पूजा प्लाष्टिक इण्डष्ट्रिज उद्योगका लोकनाथ भट्टराई, सचिवमा तिलगंगा प्लाष्टिक उद्योगका श्री लोकेन्द्र सिंह आङबुहाङ, सदस्यहरुमा शुभम प्लाष्टिक उद्योगका श्री शिव प्रसाद भट्टराई , सत्यम पोलिमर्स उद्योगका शिशिर पौडेल, नेबिगोल्ड प्लाष्टिक इण्डष्ट्रिज प्रा.लि.का लक्ष्मण प्रसाद गैरे र श्री पवन पुत्र प्लाष्टो इण्डष्ट्रिज प्रा.लि.का श्रृजन पाण्डे रहनु भएको छ । भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष हरि बहादुर खत्री,द्धितिय उपाध्यक्ष युवराज आचार्य,महासचिव सुमन वस्याल, कार्य समिति सदस्य प्रज्वल थान्जु,लाल प्रसाद बस्याल-दिपक),दिलु शाही र सल्लाहकार हिरामणी भट्टराई लाई चयन गरेको छ ।

संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले भेलामा सम्बोधन गर्नुहुदै नव गठित समितिलाई बधाई एवं शुभकामना दिनभयो वहाले उद्योगीका समस्याहरु बुँदागत र तथ्यगत रुपमा अध्ययन गरी रुपन्देही उद्योग संघ सम्म ल्याईपु¥याउन आग्रह गर्नुभयो साथै समिति क्रियाशिल ढंगबाट औद्योगिक विकासमा कटिवद्ध रहने विश्वास व्यक्त गर्नुभयो । भेलामा नव गठित समितिका संयोजक केशरमणी पौडेलले हाल प्लाष्टिक जन्य उद्योगीहरुले विषम परिस्थिती झेलीरहेको जानकारी गराउदै उद्योगीहरुलाई गोलबन्द गरी सामुहिक आवाज उठाउने र औद्योगिक विकासमा क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम संयोजक तथा प्रथम उपाध्यक्ष हरी बहादुर खत्रीले स्वागत गर्नुहुदै वस्तुगत समिति गठनको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो । संघका सचिव अशोक कुवँरको संचालनमा सम्पन्न भेलामा संघका कोषाध्यक्ष बिशाल बेलवासे कार्यसमिति सदस्य प्रज्वल थान्जु, लाल प्रसाद बस्याल -दिपक) र दिलु शाही एवं विभिन्न प्लाष्टिक उद्योगीहरुको उपस्थिति रहेको थियो । भेलामा संघका द्धितिय उापाध्यक्ष युवराज आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रकाशित मिति : मंगलबार, चैत्र १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij