संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न आज सर्वदलीय बैठक बस्दै छ । संघीय संसद् सचिवालयले आज बिहान ११ बजे बैठक बोलाएको हो ।

बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने बताइएको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशहरूलाई स्वीकृत गर्ने प्रस्ताव गृहमन्त्री सुदन गुुरुङले पेश गर्ने सम्भावित कार्यसूची छ ।

‘सम्भावित कार्यसूचीमा तीनवटा अध्यादेशहरू जुन पहिलो बैठकमा प्रस्तुत भएका थियो, ती अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने भनिएको छ,’ गिरीले भने, ‘यद्यपि ११ बजे सर्वदलीय बैठक बसिसके पछाडि यो कार्यसूचीमा केही परिमार्जन हुन सक्छ ।’

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली ९पहिलो संशोधन०, अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा ९दोस्रो संशोधन० अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

सर्वदलीय बैठकमा सदनको कार्यसम्पादनलाई व्यवस्थित बनाउन ‘कार्यव्यवस्था परामर्श समिति’ गठन गर्ने विषयमा पनि छलफल हुने प्रवक्ता गिरीले बताए ।

कार्यव्यवस्था समिति २१ सदस्य भन्दा बढी नहुनेगरी बनाउने विषयमा परामर्श भइरहेको छ । अहिले प्रतिनिधिसभाको पुरानै नियमावलीका आधारमा काम भइरहेकोमा अब नयाँ नियमावली बनाउने प्रक्रिया पनि बैठकले अगाडि बढाउने सम्भावना छ । सम्भवतस् आज प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समिति गठन हुनेछ ।

सभाले आफ्नो नियमावली बनाइसकेपछि गति लिने भए पनि अहिले नै आवश्यक काम गर्न नियमावलीको अभाव नहुने प्रवक्ता गिरी बताउँछन् ।

संसद् विघटन र निर्वाचनका कारण लामो समयदेखि ओझेलमा परेका जनताका मुद्दाहरूलाई अब संसद्को शून्य र विशेष समयमार्फत सांसदहरूले उठाउन पाउनेछन् ।

सम्भवतस् आजको बैठकमा सांसदहरूले विशेष समयमा बोल्न पाउनेछन् । शून्य समय र विशेष समय लगायतका संसदीय अभ्यासहरू आजको बैठकबाटै सुरु गर्न सकिने गरी सचिवालयले सभामुख डोलप्रसाद ९डीपी० अर्याललाई ब्रिफिङ गरिसकेको छ ।

आइतबार सर्वसम्मत सभामुख निर्वाचित भएका अर्यालले सोही दिन नै शपथ लिएर पदभार ग्रहण गरेका थिए । प्रतिनिधि सभा बैठक सञ्चालन आजदेखि सभामुख अर्यालले गर्नेछन् ।

 

प्रकाशित मिति : सोमबार, चैत्र २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij