ज्ञानपुञ्ज सेभेन ए साइड फुटबलको उपाधि नबिन औद्योगिकलाई

ज्ञानपुञ्ज सेभेन ए साइड फुटबलको उपाधि नबिन औद्योगिकलाई

बुटवल – प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर–विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता–२०८३ को उपाधि नबिन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयले जितेको छ।

मंगलबार देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको फाइनलमा नबिन औद्योगिकले सैनामैना पर्रोहा माध्यमिक विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। नबिनको जितमा खेल सुरु भएको पहिलो मिनेटमै निलेस शाहीले गरेको आकर्षक गोल निर्णायक बन्यो। शाही फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए।

उपाधिसँगै नबिन औद्योगिकले नगद ५१ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता सैनामैना पर्रोहा माविले नगद ३१ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

प्रतियोगितामा नबिन ‘बी’ का बिप्लव गुरुङ उत्कृष्ट गोलकिपर, नबिन ‘ए’ का कुन्ज गुरुङ उत्कृष्ट डिफेन्डर तथा सैनामैना पर्रोहाका सुभाष नेपाली प्लेयर अफ द टुर्नामेन्ट घोषित भए।

पुरस्कार वितरण समारोहमा एन्फा रुपन्देहीका महासचिव हिमाल गौचन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराई, प्राचार्य शंकर भण्डारी तथा सिद्धार्थ केबलकारका प्रबन्धक नरबहादुर कार्कीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरे।

फाइनल खेलको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले खेलकुद विकासका लागि करिब ४ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको बताइन्। उनले शिक्षा, स्वास्थ्य, खेलकुद र महिला सशक्तीकरणको क्षेत्रमा बुटवल अब्बल रहेको दाबी गरिन्।

भदौ १ गतेदेखि सुरु भएको प्रतियोगितामा रुपन्देहीका विभिन्न विद्यालयका ४४ टोलीको सहभागिता रहेको थियो।

प्रकाशित मिति : मंगलबार, भाद्र ९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij