रसुवा बाढीमा सम्पर्कविहीन भएकाहरू जीवित भेटिने सम्भावना कम रहेको गृह मन्त्रालयको भनाई

रसुवा बाढीमा सम्पर्कविहीन भएकाहरू जीवित भेटिने सम्भावना कम रहेको गृह मन्त्रालयको भनाई

काठमाण्डौ – गृह मन्त्रालयले रसुवा बाढीका कारण सम्पर्कविहीन भएकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना अब न्यून रहेको जनाएको छ

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहसचिव केदारनाथ शर्माले भौगोलिक विकटता र प्रविधिको अभावका बाबजुद खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।

विशेष गरी जलविद्युत आयोजनाका सुरुङहरूमा केन्द्रित भई उद्धार कार्य भइरहेको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भूगोल कठिन रहेको पुष्टि गरेको उल्लेख गर्दै गृहसचिव शर्माले सम्भावना रहेसम्म सुरक्षा निकाय र विपद् विज्ञहरूसँगको समन्वयमा खोज जारी राखिने बताउनुभयो ।

खोज र उद्धारपछि राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइने गृह मन्त्रालयले जनाएको छ । यसैबिच, बाढीप्रभावित क्षेत्रका महिला तथा बालबालिकाको संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषद्का प्रतिनिधिहरू होल्डिङ सेन्टरमा परिचालन गरिएको छ

पालिका र गैरसरकारी संस्थाको समन्वयमा अभिभावकबाट छुटेका बालबालिकाको व्यवस्थापन भइरहेको र अहिलेसम्म बालबालिकाको अवस्थामा कुनै गम्भीर समस्या नदेखिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : सोमबार, असोज ५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij