सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच उद्योग मन्त्रालयमा पाँचबुँदे सहमति

सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच उद्योग मन्त्रालयमा पाँचबुँदे सहमति

काठमाडौँ
सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच हिजाृे उद्योग मन्त्रालयमा पाँचबुँदे सहमति भएको छ।उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य माघ ७ गतेभित्र दिलाउनेसहित पाँचबुँदे सहमति भएको हो। सहमतिमा उखु किसानको आन्दोलन आजैदेखि रोक्ने सहमति पनि भएको छ।
उद्योग मन्त्रालय र किसानहरुबीच भएको सहमतिसँगै उखु किसानको आन्दोलन स्थगित भएको छ।
यस्तो छ उद्योग मन्त्रालय र उखु किसानबीच भएको पाँच बुँदे सहमति

१ सरकारले तोकेको मूल्यमा माघ ७ गतेभित्र किसानलाई उखुको सबै भुक्तानी मिलहरुले दिइसक्ने।

२हरेक वर्ष उखुको मूल्य तत्काल भुक्तानी गर्ने स्वचालित प्रणाली बनाउन कार्यदल गठन गर्ने।

३उखु किसानको अनुदान समयमै दिलाउन कृषि र अर्थ मन्त्रालयमा पत्राचार गर्ने।

४ उखु किसानको भुक्तानी र समस्या सम्बोधन गर्न आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखा बनाउने।

५उखु किसानले आजैदेखि आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने।

प्रकाशित मिति : शनिबार, पुष १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij