बुटवल (जनता टुडे)
राष्ट्रिय सभा सदस्यको ३ सिटकालागि प्रदेश नं. ५ बाट ९ जनाको उम्मेदवारी परेको छ । आगामी माघ ९ गते हुने रािष्ट्रय सभा निर्वाचनकालागि ४ वटा दलबाट ९ जनाले उम्मेदवारी दिएका हुन ।
प्रदेश नम्बर ५ को मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङ्गमा आइतबार ९ जनाले मनोनयन दर्ता गराएका हुन । तीन पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र समाजबादी पार्टीबाट ९ जनाको उमेद्वारी दर्ता भएको हो ।
नेकपाबाट दाङका जगप्रसाद शर्मा, रुपन्देहीका गोपाल भटराई र कपिलबस्तुका विमला घिमिरेले राष्ट्रियसभा सदस्यका लागि उमेद्वारी दर्ता गराउनु भएको हो । नेपाली कांग्रेसबाट दाङकी गिरिजादेबी न्यौपाने, अर्घाखाँचीका बालकृष्ण पाण्डे र बाँकेका मेराजअहमद हलवाईले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।
राष्ट्रिय जनमोर्चाका तर्फबाट कपिलबस्तुका शिब पौडेलले उमेद्वारी दर्ता गराउनु भएको छ । समाजबादी पार्टीबाट बर्दियाका कृष्णप्रसाद यादब र बाँकेका सुनिल सिंघल उमेद्वारी दर्ता गराउनु भयो । प्रदेश नम्बर ५ बाट यसअघिका राष्ट्रियसभा सदस्य रोल्पाका राजकुमार कुँवर, मिना बुढा र रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ बर्षे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो । यो प्रदेशमा मतदाता संख्या ३ सय ५ छ । जसमा ८७ जना प्रदेश सभासद छन । १०९ स्थानीय तहका २ सय १८ जना प्रमुख उपप्रमुख छन ।
प्रकाशित मिति : आइतबार, पुष २० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्