मलेसियामा रहेको दूतावासद्धारा नेपाल भ्रमण वर्ष २०२० को उद्‌घाटन

मलेसियामा रहेको दूतावासद्धारा नेपाल भ्रमण वर्ष २०२० को उद्‌घाटन

काठमाडौँ ।
मलेसियाको क्वालालम्पुरमा रहेको दूतावासले एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० को उद्‌घाटन गरेको छ । सरकारले विदेशमा रहेका सम्पूर्ण कूटनीतिक नियोगहरुमा जनवरी ७ तारिखका दिन एकसाथ भ्रमण वर्ष २०२० को शुभारम्भ गर्ने निर्णयअनुसार मलेसियामा पनि उद्घाटन गरिएको हो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ ।
कार्यक्रममा मलेसियाका पर्यटन, कला तथा संस्कृति मन्त्री दातुक मोहमद्दिन विन केतापीमने प्रमुख आतिथ्यता रहेको थियो भने मलेसियाको परराष्ट्र मन्त्रालय लगायतका सरकारी कार्यालयहरु, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सरकारी तथा गैर सरकारी निकायहरुलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा बोल्दै मलेसियाका पर्यटन मन्त्री माननीय केतापीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना व्यक्त गर्दै विश्वका धेरै पर्यटकहरुको रोजाईमा नेपाल रहने विश्वास व्यक्त गनुैभयो। साथै पर्यटनको विकासको लागि उत्पादकत्व, प्रचार प्रसार, बजार रणनीति, मानव श्रोतको विकास र नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले नेपालको विकासमा पर्यटन क्षेत्रले खेलेको भूमिका, नेपालमा पर्यटन क्षेत्रमा रहेका अवसरहरु, नेपाल र मलेसियावीचमा पर्यटन प्रवर्द्धनको क्षेत्रमा हुनुपर्ने साझेदारी लगायतका विषयमा प्रकाश पार्दै सम्पूर्ण मलेसियन नागरिक तथा विदेशीहरुलाई नेपाल भ्रमणको निमन्त्रणा गर्नुभयो ।

प्रकाशित मिति : मंगलबार, पुष २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij