बुटवल ,जनता टुडे -जीपी कोईराला फाउण्डेसन रुपन्देहीका संयोजक चिरञ्जीवी पौडेलले संस्थाको विधान अनुसार कार्यसमितिलाई पुर्णता दिनु भएको छ । जस अनुशार कार्यसमितीको सह संयोजकमा यदुनाथ पाण्डेय सचिवमा शुशिल गुरुङ र कोषाध्यक्षमा धनश्याम तिवारी मनोनित हुनु भएको छ ।
कार्यसमितिको सदस्यहरुमा ई कुशसराज ज्ञवाली, जयचन्द्र यादव, एकु सुनार, सिता पोख्रेल, राम किशन चौधरी, पोषराज चापागाई, जिवन कुरमार सेवानी, छाया पोखरेल र विष्णु थापा क्षेत्री रहनु भएको छ । त्यसैगरि संस्थाको आमन्त्रीत सदस्यहरुमा माधवी शर्मा, शेषमन यादव, बोनिन पिया, दिल कुमारी कंडेल, जेवी गुरुग, रवि विक,सन्तराम चौधरी, मिलन थापा, समा श्रेष्ठ, नारयण क्षेत्री, हरि न्यौपाने,जमिल खांन रहनु भएको छ ।
साथै अध्यक्ष पौडेलले दुई सदस्यीय सल्लाहकार समिति पनि मनोनित गर्नु भएको छ । जस अनुशार सल्लाहकारमा नेपाली कांग्रेस रुपन्देहीका पार्टि सभापती अब्दुल रज्जाक र पुर्व पार्टि सभापती रामचन्द्र ढकाल रहनु भएको छ ।
केहिदिन पछि मनोनित कार्यसमितिको पद तथा गोपनियताको सपथ सहित पहिलो वैठकक आयोजना गर्ने अध्यक्ष पौडेलले बताउनु भयो ।
प्रकाशित मिति : आइतबार, पुष २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्