नेपाल कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मीलित नहुने:मन्त्री ज्ञवाली

नेपाल कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मीलित नहुने:मन्त्री ज्ञवाली

गुल्मी
परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले नेपाल कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मीलित नहुने बताएका छ्न् ।आजजिल्लाको रुरु क्षेत्र गाउँपालिकाको रिडिमा दोस्रो रुरु महोत्सवको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले नेपाल असंलग्न सिद्धान्त प्रति प्रतिवद्ध रहेको कारण कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने बताएका हुन् ।कुनै पनि देशको विकास सहायतासँग बन्दुक जोडिएर नआउने भन्दै विकासका सहायताहरु सबै देशसँगबाट लिने वर्तमान सरकारको नीति रहेको बताएका छन् ।विकासको सहायतालाई अनावश्यक रुपमा उचालेर वहसको विषय बनाएको प्रति टिप्पणी गर्दै यसलाई अनावश्यक रुपमा उचालेर मित्रराष्ट्रहरु सँगको सम्बन्धलाई धमिलो बनाउने काम कोही कसैले पनि गर्न नहुने बताएका थिए ।वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपालीू भन्ने नारा लिएर अगाडि बढेको हुँदा सरकारको सम्पूर्ण ध्यान देशको विकासमा केन्द्रित भएको समेत उनले बताए ।त्यस्तै मन्त्री ज्ञवालीले गएका केही वर्षहरुमा एउटा सिंगो पुस्ता विकासको ब पनि नसुनेर गएको र उनीहरुले विकासको नाममा बन्दुक,बम, विद्रोह र विध्वंसको नारा सुन्दै भड्किएको भन्दै आज त्यो पुस्तासँग हातमा सर्टिफिकेट र सिप नभएका कारण उनीहरु चरम निरासामा रहेको उल्लेख गरे ।उनले सशस्त्र द्वन्द र संक्रमण कालले गर्दा गुमेको विकासको अवशरलाई क्षतीपुर्ति हुने गरि वर्तमान सरकारले तिब्र रुपमा विकासको गतिलाई अघि वढाएको बताए । मुलुकमा ठूलो राजनीतिक संक्रमणपछि राजनीतिक संक्रमणकालको अन्त्यसँगै राजनीतिक स्थीरता समेत कायम भएको मन्त्री ज्ञवालीको दावी थियो ।फरक प्रसंगमा मन्त्री ज्ञवालीले विधिको शासन कार्यान्वयन गर्ने कुरामा सरकार कठोर र क्रुरता पुर्वक अघि बढेको कारण पछिल्लो समयमा विकासका कामहरुले पनि गति लिन थालेको बताएका थिए । ‘जग बसाल्दै गरेको बेला घर बनेको जस्तो आकार देखिदैन, पछि त्यही जगमा घर बन्ने हो’ भन्दै ज्ञवालीले सरकारले २२ महिनामा बसालेको जगले विस्तारै विस्तारै आकार र परिणाम दिदैं जान थालेको उल्लेख गरे ।‘रुरु महोत्सव गौरव हो हाम्रो, सम्वर्द्धन गरौं धर्म र संस्कृतिको राम्रो’ भन्ने नाराका साथ गुल्मी उद्योग वाणिज्य संघ रिडी शाखा र रुरु फ्रेण्डस क्लव रिडीको संयुक्त आयोजनामा यही पुस २९ गतेदेखि माघ ९ गतेसम्म रिडीमा दोस्रो रुरु महोत्सव गर्न लागिएको हो ।

प्रकाशित मिति : मंगलबार, पुष २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij