बुटवल ।
माघी पर्वको अवसरमा सार्वजनिक लेखासमिती सभापति तथा मानवीय भरत कुमार शाह ले शुभकामना दिनु भएको छ । माघीको अवसरमा देश बिदेश मा रहनुहुने नेपाली मानुभाव लाई सुस्वास्थ्य,दिर्घायू एव उत्तोरउत्तर प्रगतीको कामना गर्नु भएको छ । सम्पुर्ण नेपालीले विशेष महत्वका साथ मनाउँने माघी पर्वको शुभकामना दिदै सभापति भरत कुमार शाह ले सामाजिक सदभाव र एकताले समाजलाई समृद्धिको दिशामा लैजाने बताउनु भयो । सांस्कृतिक पर्वहरूले नैं समाजलाई एकताबद्ध गराई आर्थिक समृद्धिको दिशामा अगाडि बढन सहयोग पुग्ने बताउनु भएको छ ।
नेपाल विभिन्न जातजाति भाषाभाषी भएको भएको देश हो। यहाँका सबै जातजातिले मनाउने पर्वहरू उत्तिकै महत्वपूर्ण रहेको बताउदै सभापति भरत कुमार शाह ले यस्ता पर्वले नेपालीलाई एकताबद्ध बनाउने समेत बताउनु भएको छ
प्रकाशित मिति : बुधबार, माघ १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्