जनता टुडे ,बुटवल ।
नेपाल भ्रमण बर्ष २०२० को अवसरमा नेपालका लागि जनगणतन्त्र चीनका राजदूत हेर एक्सेलो हन यानक्वी नेतृत्व पाँच सदस्सीय प्रतिनिधी मण्डल टोली द्वारा लुम्बिनी भ्रमण सम्पन्न भएको छ ।
उहाले चीनिया बौद्ध बिहार , मायादेबी मन्दिर ,पुष्करिणी पोखरी,अशोक स्तम्भ लगायत पूरातात्विक बस्तु भग्नाअवशेषको सौहादर्यपुर्ण वातावरणमा अवलोकन गरि काठमान्डौ तिर प्रस्थान गरेकी लुम्बिनी बिकास कोष स्थित सुचनाशाखाले जनाएको छ ।
चीनिया राजदूत यानक्वी नेतृत्व टोलीलाई लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बौद्ध परम्परामा आधारित खादा ओढाई स्वागत तथा सम्मान गर्नुभएको थियो उहा नेपाल भ्रमणबर्ष २०२० शुरु भए यता तेस्रो बिदेशी कूटनीतिक द्वारा लुम्बिनी भ्रमण गरेको बुझिएको छ ।
यसै गरि सन २०२० को जनवरी महिनामै स्पेन स्थित एक्ख्रेमादूरा प्रदेशका पर्यटनमन्त्री नूरिया फलोरेस रुडेन्डो र बर्माका पर्यटन मन्त्री समेत बिश्व सम्पदा सूचीकृत लुम्बिनीको भ्रमण गरि सकेको लुम्बिनी बिकास कोष स्थित सूचनाशाखा प्रमुख हरिध्वज राईले जानकारी गराउनुभयो ।
प्रकाशित मिति : बिहिबार, माघ २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्