बुटवल।
कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् भोलीविधेयक फिर्ताको माग राख्दै सरकारलाई विरोध पत्र बुझाउने भएको हो । प्रविधि विधेयक फिर्ताको माग राख्दै देशव्यापि बिरोध कार्यक्रम तय गरि केन्दिय परिपत्र अनुसार नेपाली कांग्रेस रुपन्देहीले पनि जिल्ला प्रशासन रुपन्देहीमा बिरोध साथै ज्ञापनपत्र बुझाउन लागेको छ।
सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन् गर्न लागेको भन्दै माघ ५ गते जिल्ला प्रशासन कार्यालय भैरहवामा पनि
सरकारलाई विरोध पत्र बुझाउने निर्णय गरेको छ। आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमार्फत विरोध पत्र बुझाउन लागिएको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिनुभयो ,
नागरिक अधिकार र नागरिक स्वतन्त्रता बिरुद्ध सरकारले बिधेयक ल्याएको र नागरिक स्वतन्त्रता बिना लोकतन्त्र रहन नसक्ने भएकाले लोकतन्त्रको रक्षाकालागि नेपाली काँग्रेसले बिरोध गर्नु परेको नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी गराउनु भयो । ‘हामीले प्रधानमन्त्री ओलीको बिरोध गरेका होईनौं नागरिक अधिकार रक्षाकालागि त्यस बिरुद्ध ल्याएको बिधेयकको बिरोध गरिएको हो ।’
पूर्व राज्यमन्त्री समेत रहनु भएका रुपन्देहीका सभापति रज्जाकले नागरिक अधिकार र नागरिक स्वतन्त्रता बिरुद्ध बिधेयक ल्याएकाले कुनैपनि हालतमा उक्त बिधेयक पास हुन नदिने दावी गर्नुभयो । संविधान प्रदत्त नागरिक अधिकार कसैले पनि खोस्न नपाईने भएकोले नागरिक अधिकार रक्षाकालागि काँग्रेसले अंगाडी सारेको बिरोध कार्यक्रमलाई सहयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
प्रकाशित मिति : शनिबार, माघ ४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्